स्वास्थ्य बिमा क्षेत्र पुनर्बिचार गरिनेछ: प्रधानमन्त्री

काठमाडौं, ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए ।

 

सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए ।

 

उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे ।

 

प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।

 

प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए ।

 

“मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो ।”, प्रधानमन्त्री ओलीले भने, “नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने  र स्याहार सुसार गर्ने काम नर्सहरुको हो ।”

 

कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी  र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए ।

 

अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।