मोरङमा सडेको अवस्थामा युवतीको शव : बलात्कारपछि हत्या गरिएको आशंका

विराटनगर । मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला परेकी युवतीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन ।

अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान तीव्र पारिएको छ ।‘पहिचानका लागि धेरै प्रयासहरु भइरहेका छन् । विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको छ । तर, पहिचान भइसकेको छैन । मृत्युको कारण पनि यकिन गर्न गाह्रो परिरहेको छ,’ चुँडालले भनिन् ।

उनका अनुसार किरा परेर कुहिएको र अनुहार प्रष्टसँग चिन्न सक्ने अवस्था नभएकाले शवको पहिचान गर्न मुस्किल परिरहेको हो ।शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ । प्रहरीले लगाएका कपडाको आधारमा शव महिलाको हो भनेर यकिन गरेको हो । मृतक २० वर्षमुनिको हुनसक्ने प्रहरीले अनुमान छ ।

घटनास्थल र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिने प्रहरीको भनाइ छ । ‘शरीरको माथिल्लो भागको भित्री कपडा मात्रै लगाएको अवस्थामा शव फेला परेको थियो । कम्मरदेखि मुनिको भागमा कपडा नै थिएनन् । नग्न अवस्थामा शव भेटिएको हो । घटनास्थलमा मृतकले लगाएका कपडा र चप्पलहरु फेला परेका छन्,’ प्रहरी स्रोतले भन्यो ।

घटनास्थलमा मृतकले लगायतका पाइन्टलगायतका कपडा, चिम्टी र चप्पल खोलेर छेउमा राखेको अवस्थामा फेला परेको थियो । कम्मरदेखि मुनिको बाहिरी तथा भित्री वस्त्रसमेत खोलिएको अवस्थामा थियो ।प्रहरी स्रोतका अनुसार कपडा र चप्पल हेर्दा मृतक धेरै टाढाको जस्तो लाग्दैन । तर, अहिलेसम्म महिला हराएको भनेर कोही पनि प्रहरीको सम्पर्कमा नआएको डीएसपी चुँडालले बताइन् ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।