मोरङको मिक्लाजुङमा अटोको ठक्करबाट एक जनाको मृत्यु

माेरङ । मोरङको मिक्लाजुङमा तीन पाङ्ग्रे अटो रिक्साको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान प्र १–०२–००३ ह ३५९५ नम्बरको अटोको ठक्करबाट पैदल यात्री मिक्लाजुङ गाउँपालिका– ६ जनजाती चोकका ५२ वर्षीय अमृत मगरको मृत्यु भएको हो ।

घर नजिकै बाटोमा लडिरहेको अवस्थामा आफन्तले फेला पारी उनलाई अरनिको अस्पताल उर्लाबारी हुँदै बिराट टिचिङ अस्पताल भर्ना गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।प्रहरीका अनुसार उनलाई अटोले ठक्कर दिएको खुलेको छ ।

ठक्कर दिने अटाे चालक फरार छन् । प्रहरीले अटो चालक मिक्लाजुङ गाउँपालिका– ६ का २५ वर्षीय रोशन लिम्बुको खोजी गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖