महेन्द्र मोरङ क्याम्पस स्ववियु सभापतिको दराजमा खुकुरी फेला परेपछि…

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षको दराजमा दुई थान खुकुरी फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

विद्यार्थीहरूबीच खुकुरी भेटिएको विषयमा चर्को चर्चा र होहल्ला भएपछि प्रहरीले तत्कालै स्ववियु भवनमा पुगेर छानबिन गरेको हो।प्रहरी निरीक्षक अप्रिल चापागाईंको नेतृत्वमा रहेको टोलीले खुकुरी फेला पारेको जनाएको छ। चापागाईंका अनुसार भीडभाडको समयमा एक विद्यार्थीले ती खुकुरी दुई व्यक्तिसँग सम्बन्धित भएको बताएकी थिइन्।

प्रहरीले हालसम्म ती व्यक्तिहरू क्याम्पस परिसरमा नभएको जानकारी पाएको र अनुसन्धान भइरहेको छ।

चापागाईंले भने, ‘खुकुरी लिएर आउनेहरू अहिले क्याम्पस परिसरभित्र नभएको भन्ने जानकारी आएको छ । अहिले अनुसन्धान गरिरहेका छौँ ।’
यता, स्ववियु सभापति रोहित यादवले आफूले खुकुरी नल्याएको दाबी गरे ।उनले भने, ‘स्ववियु कार्यालय बिहान ६ बजेदेखि नै खुल्ने भएकाले सबै कुरा मेरो नियन्त्रणमा हुन्न,’ यादवले थपे, ‘यदि प्रमाणित भयो भने म सभापतिबाट राजीनामा दिनेछु।’यसअघि स्ववियु निर्वाचनको समयमा महेन्द्र मोरङ क्याम्पसमा नेविसंघका विद्यार्थीहरूबीच खुकुरी हानाहान भएको थियो । जसमा केही विद्यार्थी नेता घाइते भएका थिए भने केही पक्राउ परेका थिए।प्रहरीले उक्त घटनाको थप अनुसन्धान गरिरहेको छ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।