एक लाख घुस सहित मेयर रंगेहात पक्राउ
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियारको बर्दिबास टोलीले कार्यालयमै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो नियन्त्रणमा लिएको हो।
घटनापछि नगरपालिकामा खैलाबैला मच्चिएको छ। अहिले अनुसन्धान जारी छ।


