कोशी अस्पताल र बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दुको मान्यता

विराटनगर । स्वास्थ्य बिमा बोर्डले विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फेरि ‘प्रथम सेवा बिन्दु’को मान्यता दिएको छ ।

बोर्डले असार १९ गतेको बैठकबाट साउन १ गतेदेखि यी २ स्वास्थ्य संस्था ‘रेफरल सेन्टर’ मात्र हुने निर्णय गरेपछि देखिएको तीव्र विरोधपछि उक्त निर्णय फिर्ता भएको हो । बुधबार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बोर्डले दुवै संस्थालाई असोज मसान्तसम्मका लागि ‘प्रथम सेवा बिन्दु’ र ‘रेफरल सेन्टर’का रूपमा निरन्तरता दिने निर्णय गरेको हो ।

बोर्डको असार १९ को निर्णयले स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक अभियन्ता र सेवाग्राहीबीच गम्भीर असन्तोष सिर्जना गरेको थियो ।

कोशी अस्पताल विकास समितिका अध्यक्ष डा. फरवर्ड सिलवालका अनुसार, स्वास्थ्य मन्त्रालयमार्फत दबाब सिर्जना भएपछि बिमा बोर्डले पुरानो निर्णय सच्याएर नयाँ निर्णय पठाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖