मोरङ र सुनसरीबाट ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद

विराटनगर,१ साउन । मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।

साउन १ गते ०१:०० बजेको समयमा मोरङको धनपालथान गाउँपालिका- १ गदिया खोला किनारामा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा बेवारिसे अवस्थामा ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो ।

त्यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगंज गाउँपालिका- ७ स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा बरामद गरेको हो ।

गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।