कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघको अध्यक्षमा किशोर श्रेष्ठ चयन

उर्लाबारी, २ साउन । अनलाइन टिभी पत्रकार संघ, नेपाल कोशी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशन मोरङको उर्लाबारीमा सम्पन्न भएको छ। 

अधिवेशनले उर्लाबारी मोरङका किशोर कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति सर्वसम्मतरूपमा गठन गरेको हो।
 
संघको उपाध्यक्षमा झापाका खगेन्द्र घिमिरे, सचिवमा सरोज बस्नेत (मोरङ), सहसचिवमा विनोद राना मगर (सुनसरी) र कोषाध्यक्षमा मोरङकी सम्झना राई चयन भए। 
 
त्यस्तै, सदस्यहरूमा किशोर निरौला, विजय भट्टराई, अफ्ताब अली र निशान ढकाल चयन भएका छन्।
 
२०७६ सालमा काठमाडौँमा स्थापना भएको अनलाइन टिभी पत्रकार संघले इन्टरनेटमार्फत भिडियो पत्रकारितामा सक्रिय पत्रकारहरूको हकहितका लागि काम गर्दै आएको छ। संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार अहिलेसम्म दुई प्रदेशमा अधिवेशन सम्पन्न भइसकेको छ भने अन्य प्रदेशहरूमा पनि निकट भविष्यमै अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको छ।
 
संघले हालसम्म १५ जिल्लामा जिल्ला शाखा गठन गरिसकेको छ। अब छिट्टै केन्द्रीय अधिवेशन आयोजना गरी शाखा विस्तारलाई थप तीव्रता दिने योजना रहेको रेग्मीले बताए।
 
इन्टरनेट पत्रकारिता क्षेत्रमा सक्रिय अनलाइन टिभी पत्रकारहरूलाई संस्थागत र जिम्मेवार बनाउने उद्देश्यले संघले नेपालमै पहिलो पटक ‘अनलाइन टिभी स्वनियमन निर्देशिका’ जारी गरी लागू गरेको छ। साथै, संघले आफ्ना सदस्यहरूलाई विभिन्न तालिममार्फत दक्ष बनाउने कार्य पनि नियमित रूपमा गर्दै आएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।