इलाममा धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

इलाम, साउन ०२ गते । इलामको माईजोगमाई गाउँपालिका-२ का २३ बर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ बर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाईते बनाएको आरोपमा सुर्योदय नगरपालिका-१ का ३३ बर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

असार ३२ गते राती सुर्योदय नगरपालिका-१ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका-२ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई सुर्योदय नगरपालिका-१ का किरण शेर्पाले सामान्य वाद विबादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमानै मृत्यु भएको थियो भने निरोज चापागाई गम्भिर घाईते भएकोमा झापा स्थित बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

हत्या पश्चात फरार भएका शेर्पालाई खोजतलासको क्रममा साउन १ गते सुर्योदय नगरपालिका-१ मानेभञ्ज्याङ स्थितमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पाको कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।