बिर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु
झापा । नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रमा कार्यरत अर्जुनधारा–४ भाङबारीका ३५ वर्षीय दीपक पाण्डे ट्रान्समिटर जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।
उनलाई बीएण्डसी अस्पताल लगिएको भए पनि उपचारका उनको मृत्यु भएको हो।


