बाढीले थर्पु–च्याङथापु सडक खण्ड अवरुद्ध
पाँचथर, साउन ४ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गतको थर्पु–च्याङथापु सडकखण्ड अवरुद्ध भएको छ।
दोभाने ड्राइभर्शन क्षेत्रमा सडकमा क्षति पुगेको छ भने रिजाल भीर, फलाम खोला र ओयाम खोलामा समेत सडक अवरुद्ध भएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको छ।
सडक अवरुद्ध हुँदा फलैचा, च्याङथापु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बिचल्लीमा परेका छन्।


