इलाममा पहिरोले दुई घरमा क्षति
इलाम । अबिरल वर्षाले इलाम नगरपालिका–५ मान्द्रणी र फाकफोकथुम गा.पा.–५ माल्टेनीमा पहिरो जाँदा दुई घर आंशिक क्षति भएका छन्।
मान्द्रणीमा पूर्ण शंकरको घरको एक पाटी पूर्ण क्षति भएको छ भने माल्टेनीमा झगर सिंह मुखियाको घर बास योग्य नरहेको अवस्थामा पुगेको छ।
दुबै घटनामा मानवीय वा पशु चौपाया क्षति भने भएको छैन।


