पत्रकार प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला,पारिवारिक तनावमा थिए मेयरले थप तर्साईदिए

रौतहट, ४ साउन। रौतहटको कटहरिया नगरपालिका–५ कटहरिया गाउँ घरभएका पत्रकार रवीन्द्र प्रजापतिले घरायसी विवादको कारण झुण्डिएर आत्महत्या गरेका छन् ।

 

 ३० वर्षीय पत्रकार प्रजापति शनिबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेलापरेका थिए।

 

उनको बुवा हरी पण्डित लगायत परिवारको मानिसले तत्कालै पासो काटेर उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियामा लागेका थिए।

 

तर अस्पतालका डाक्टरले प्रजापती लाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।  मृतक पत्रकार प्रजापतिको शव राती नै पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर लागिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

 

लामो समय देखि पत्रकार प्रजापतिको दाम्पत्य जीवन तनावपूर्ण गुजरी रहेको थियो। उनको बिहे भएदेखिनै उनी र उनको श्रीमती बीच बादविवाद झैझगडा हुँदै आएको थीयो। दुईजनाको बिवाद महिला तथा बालबालिका सेवाकेन्द्र गरुडा देखि जिल्ला प्रहरी कार्यालय रौतहटसम्म पुगेको थियो ।

 

प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत रहेर रेडियोमा समाचार लेखन तथा वाचन गर्दैआएका थिए। उनी पत्रकारिता बाट सन्तुष्ट थिएनन्। उनी बैदेशिक रोजगारीका लागि बाहिर जान दुईलाख भन्दा बढी रुपैयाँ एकजना एजेन्ट लाई दिएका थिए।

 

तर, ती एजेन्टको बदमासीको कारण बाहिर जान नसकेको मृतक प्रजापति बताउँदै आएका थिए। उनको दम्पती बीचको बिवाद मिलाउन स्थानिय कैयौँ पत्रकारले समेत पहल गरेपनी समस्या समाधान हुनसकेको थिएन।

 

उनका निकटतम एकजना पत्रकारका अनुसार बिगतमा बैदेशिक रोजगारीमा मलेसिया काम गरिसकेका प्रजापती पुनः मलेसिया जान खोजिरहेका थिए। साथीहरु संग सापटी लिएर करिब दुईलाख रुपैयाँ बुझाएका एजेन्ट ले बदमासी गरेपछी उनी अर्को एजेन्ट मार्फत जान खोजेका थिए। सोही क्रममा केहीदिन अघि उनी काठमाडौं गएर मेडिकल गराउँदा उनको छातीमा दाग देखिएपछि प्रजापती निकै तनावमा रहेको उनको निकटतम साथीले नाम न प्रकाशीत गर्ने सर्तमा न्युज कारखानालाई बताएका छन्।

 

एकातर्फ मेडिकल फेल, अर्को तर्फ साथीहरु संग सापटी, पारिवारिक तनाव र मेयर अजय प्रकाश जैसवालका मानिसको धम्की झेल्न नसकेर शनिवार राती प्रजापतिले आत्महत्या गरेको उनको भनाई रहेको छ।

 

कटहरिया नगरपालिकाको खानेपानी समस्याबारे समाचार लेखेपछि मेयर अजयप्रकाश जयसवालबाट  गालीगलौज र धम्कीपछि प्रजापती डिप्रेशनमा परेको कैयौँ स्थानीयले बताएपनी  डिएसपी कार्कीले आत्महत्या गर्नुको कारण मेयरको धम्की थियो भन्ने पुष्टि नभएको बताए ।

 

गत जेठ २९ गते कटहरिया म्यूजिकल एफएमका साचारबाचक शागर ठाकुर र रविन्द्र प्रजापति माथी कटहरियाका मेयर अजय प्रकाश जैसवालले दुर्व्यवहार गरेको भन्दै छानबिनका लागि प्रेस चौतारी रौतहट शाखाले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनसँग छानबिन र दोषीमाथि कारबाहीको माग गरेको थियो । तर उक्त घटना पछी पत्रकार ठाकुर मौन बसेका छन् भने पत्रकार प्रजापती पनि सामान्य अवस्थामा दैनिक कार्य गर्दै आएका थिए।

 

ईलाका गरुडाका डिएसपी कार्कीले पत्रकारले आत्महत्या गर्नुको कारण  घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।