इलाममा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु
इलाम । इलाममा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ ।
बिहीबार साँझ करिब ७ बजे इलामको रोङ गाउँपालिका–४, भालुझोडास्थित मेची राजमार्गको किनारमा एक युवक अचेत अवस्थामा भेटिएका थिए।
तत्काल परिचय नखुलेका ती व्यक्तिलाई स्थानीय जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा उद्धार गरी फिक्कल अस्पतालमा लगिएको थियो। अनुसन्धानका क्रममा ती युवक रोङ गाउँपालिकाका ३२ वर्षीय निर्मल लिम्बू भएको खुलेको इलाम प्रहरीले जानकारी दिएको छ।
उनलाई थप उपचारका लागि परिवारको सम्पर्कमा ल्याई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो। तर, आर्थिक अभावका कारण परिवारले उपचार सम्भव नभएको बताउँदै उनलाई घरमै लगेका थिए। अन्ततः शुक्रबार साँझ ६ बजे उनको निधन भएको प्रहरीले जनाएको छ।


