उदयपुरमा विङ्गरले ठक्कर दिँदा वृद्धाको मृत्यु
उदयपुर, साउन ०५ गते । उदयपुरको त्रियुगा नगरपालिका- ८ स्थितमा विङ्गर गाडीको ठक्करबाट १ जना बृद्धा महिलाको मृत्यु भएको छ ।
साउन ०४ गते अपरान्ह बागमती प्र. ०८-००१ज ००७१ नम्बरको विङ्गर गाडीले त्रियुगा नगरपालिका- ७ की ६९ बर्षीया पोटिमाया दनुवारलाई ठक्कर दिँदा घाइते भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको हो ।
ठक्कर दिने गाडी चालक कटारी नगरपालिका-६ का घमाडे सार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


