धरानमा तेजाब खाएका पुरुषको मृत्यु

सुनसरी । सुनसरीको धरानमा तेजाब खाएर सिकिस्त भएका १ जना पुरुषको आइतबार राति मृत्यु भएको छ ।धरान उपमहानगरपालिका–७ बगैँचा लाइनका अन्दाजी ४४ वर्षीय सरोज विकको मृत्यु भएको जानकारी सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।

उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका विकले गत असार २३ गते राति तेजाब खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरको धारा सफा गर्नका लागि राखिएको तेजाब विकले खाएको उनले बताए । तेजाब खानसाथ अवस्था गम्भीर भएका उनलाई उपचारका लागि धरानकै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

धरानबाट थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाइयो । उपचारकै क्रममा २ सातापछि विकको मृत्यु भएको डीएसपी खतिवडाले बताए ।उनका अनुसार विकको आइतबार राति १० बजेतिर मृत्यु भएको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।