‘डार्क फाइल’को फेक अडियो प्रकरणमा दोषी ठहर तिम्सिना इटहरीबाट पक्राउ

इटहरी । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना इटहरीबाट पक्राउ परेका छन् ।

फेक अडियो प्रकरणमा सर्वाेच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । सर्वाेच्चको फैसलापछि उनी फरार थिए । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी–५ पचरुकीमा महिला बीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ परेका थिए । पक्राउ परिसकेपछि मात्रै उनको वास्तविक परिचय खुलेको हो ।

उनका अनुसार तिम्सिनाले सुरुमा आफ्नो नाम र ठेगाना लुकाएका थिए । ‘सुरुमा घर इलाम र थर खड्का भन्थे, नाम पनि अर्कै भने, परिचय पत्र मागेर सोधीखोजी गर्दा वास्तविक परिचय खुल्यो,’ डीएसपी भण्डारीले भने, ‘सर्वोच्चको फैसलाका कारण उहाँलाई नियन्त्रणमा राखेका छौं ।’ तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको उनले बताए । सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार इटहरी ५ पचरुकी चोकमा दुई महिलाबीच लेनदेनको विवाद थियो । विवाद भएको सूचनापछि पुगेको प्रहरीले घटनास्थलमा तिम्सिनालाई पनि भेटेको थियो । दुई महिलाबीचको विवादमा उनी पनि जोडिएपछि पक्राउ गरी प्रहरी कार्यालय ल्याएको थियो ।

कार्यालयमा पनि उनी फरार अभियुक्त हुन् भन्ने खुलेको थिएन । परिचय पत्र हेरेपछि मात्रै फरार अभियुक्त भएको खुलेको थियो । गोदाबरी-१० ललितपुर ठेगाना भएका तिम्सिना सर्वोच्चको फैसला पछि पुर्वी क्षेत्रमा थिए । प्रहरीसँगको बयानमा उनले आफू धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।