तेह्रथुमको आठराईमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं १ सक्रान्ति बजार लिसिबुङमा मोटर साइकल दुर्घटना हुँदा दुइ जना घाइते भएका छन ।

सोमबार बेलुका करिब ७ः३० बजे मध्य पहाडी लोकमार्ग अन्तर्गत सक्रान्ति बजार देखि डॉडागाउँ तर्फ जादै गरेको मे ९ प ४३७७ नम्बरको मोटरसाइकल सुँगुर संग ठोकिदा अनियन्त्रित भइ दुइ जना घाइते भएका छन भने सुँगुरको मृत्यु भएको छ ।

घाइते हुनेहरूमा रौतहट जिल्ला चन्द्र निगापूर १ घर भइ आठराई गाउँपालिकाका जेसिबि अपरेटर वर्ष २६ का विपिन भनेर चिनिने रोशन चौरेल र आठराई गाउँपालिका वडा नं ६ चुहानडॉडा घर भएका पालिकाको ट्रयाक्टर चालक पासाङ नामले चिनिने वर्ष ३२ का युवराज घिसिङ रहेको इलाका प्रहरी कार्यालय सक्रान्ति बजारले जानकारी दिएको छ ।

घाइतेहरूको तत्काल उद्धार गरी जिल्ला अस्पताल पॉचथर पठाइएको थियो । घाइते पासाङ सामान्य उपचार पछि घर फर्किएका छन भने विपिनको देव्रे कुममा गहिरो चोट लागेकोले उपचार भइ रहेको प्रहरीले जनाएको छ ।-रेडियो आठराई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।