सोलुखुम्बुमा बलात्कारपछि हत्या, ३ जनालाई जन्मकैदको फैसला
सोलुखुम्बु । सोलुखुम्बुमा बलात्कारपछि हत्या गरेका ३ जना लाइ जिल्ला अदालत सोलुखुम्बुले जन्मकेैदको फैसला सुनाएको छ । थुलुङ दुधकोशी गाउँपालिका ७ की कुमारी राईको बलात्कारपछि हत्या गरेको ३ जनालाइ जिल्ला अदालत सोलुखुम्बुले जन्मकैदको सजायसहित क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।
देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको २०८० जेठ ११ गते राति हत्या भएको थियो । घटनापछि अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले चरण राईलाई जेठ १२ गते घरबाटै पक्राउ गरेको थियो। त्यसपछि भागिधन राईलाई जेठ १३ गते र युवराज खत्रीलाई जेठ १४ गते पक्राउ गरिएको थियो।
प्रहरीका अनुसार मृतकको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको थियो। अनुसन्धानको क्रममा अभियुक्त युवराज खत्रीले प्रयोग गरेको चप्पल र लुगा घटनास्थलमै छाडेर फरार भएको पाइएको प्रहरीले जनाएको थियो ।
न्यायशिस चन्द्रकुमार पोखरेलको इजलासले यहि असार २४ गते ३ जनालाइ दोसी ठहर गदै जन्मकैदको फैसला सुनाएको हो । साथै अदालतले मृतकको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति समेत तिर्न आदेश दिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार बिकास रजकले जानकारी दिनुभयो । २०८० साल जेठ १५ गते तीनै जनालाई कारागार चलान गरिएको थियो । -सोलु एफएम


