सुनसरीमा छुरा प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुनसरी, साउन ०८ गते । छुरा प्रहार गरी आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।

साउन ०७ गते बिहान जग्गाको विषयलाई लिएर आपसी वाद विवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएकोमा तत्काल उपचारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।