प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस आउँदै

इन्दीप कोइराला, बारा । प्रधानमन्त्री केपी शर्मा ओली आज सुख्खाग्रस्त मधेसका महोत्तरी र बारा जिल्लाको भ्रमणमा आउदै छन ।
 
प्रधानमन्त्री ओली विहान १०ः३० बजे काठमाडौंबाट महोत्तरी जिल्लाको मटिहानी नगरपालिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
 
 
प्रधानमन्त्री ओलीले ११ः३० बजे मटिहानी नगरपालिकास्थित विग्ही नदीमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्ने छन । सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन ।
 
मटिहानीमै निर्माण भएको प्रसूति गृहको उद्घाटन पश्चात प्रधानमन्त्रीले मध्यान्ह १२ बजे आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
 
प्रधानमन्त्री ओलीको मधेस भ्रमणको अर्को चरणमा जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गतको रौजास्थित रातुखोला पुलको उद्घाटन दिउँसो १ः४० बजे गरिनेछ । त्यसपश्चात दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन गरी त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्नेछन ।
 
प्रधानमन्त्रीको आजको कार्यक्रम काठमाडौं फर्किएर दिउँसो ३ बजे सम्पन्न हुने छ ।
 
मधेस क्षेत्रमा लगातारको वर्षा अभाव र सिंचाइको सीमितताका कारण उत्पन्न भएको खडेरी तथा सुख्खाको अवस्थाको स्थलगत निरीक्षण र किसानसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले प्रधानमन्त्री ओली मधेस जाँदै छन ।
 
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन,‘साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँका वस्तुस्थिति हेरौं र स्थानीय किसानका कुरा सुनौं भन्ने लागेको छ। आज महोत्तरी र बाराका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।