इलाममा हरेक शुक्रवार सरसफाइ कार्यक्रम सञ्चालन हुने
ईलाम,९ साउन । समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै जिल्ला प्रहरी कार्यालय इलामले हरेक शुक्रबार नियमित रूपमा मठ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम अन्तर्गत इलाम नगरपालिका ६ भालुढुङगा स्थित सरसफाई कार्यक्रम भएको छ ।
यस अभियानले समाजमा स्वच्छता, नागरिक उत्तरदायित्व र प्रहरी–समुदाय सहकार्यको सन्देश फैलाउने उदेश्यका साथ कार्यक्रम गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको नेतृत्वमा अघि बढाइएको यो अभियानले जनस्वास्थ्य प्रवर्द्धन, धार्मिकस्थलको संरक्षण, पर्यावरणीय सचेतना तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय इलाम सम्पूर्ण जनसमुदायमा यो अभियानप्रति समर्थन र सहकार्यको हार्दिक आह्वान समेत गर्नु भएको छ ।


