फैसला कार्यान्वयनमा कोशी प्रदेश प्रहरीको सक्रियता,आर्थिक बर्ष २०८१/०८२ मा ३ हजार ५ सय १३ जना फरार प्रतिवादी पक्राउ

विराटनगर,९ साउन । अपराध गर्ने छुट कसैलाई छैन, अपराध गरेर लुकेर, भागेर धर पाईदैन, ढिलो होस या चाँडो जसरी जहिले भएपनि प्रहरीले अपराध गर्ने व्यक्तिलाई पक्राउ गरेरै छाड्छ भन्ने विश्वास कोशी प्रदेश प्रहरीले आम नागरिकहरुलाई दिलाउदै आईरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कानूनी राज्यको स्थापना गर्न र न्याय प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्दै आईरहेकोमा विगत केही महिनादेखि विशेष रणनीति, सूचना प्रविधिको प्रयोग र समुदायसंगको समन्वय र सहकार्य मार्फत उल्लेखनीय सफलता हाँसिल गरेको छ ।

अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका र लामो समयदेखि फरार रहदै आएका अभियुक्तहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन तथा कानून र फैसलालाई जीवन्तता प्रदान गरी न्यायलाई साकार बनाउन यो अभियानलाई तीव्रता दिदै आईरहेको छ ।

अदालतबाट कैद तथा जिरवाना तोकिएका व्यक्तिहरु समाजमा रहदा बस्दा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरेपछि पनि समाजमा खुलेआम हिडडुल गर्दा समाजमा नकारात्मक असर पर्ने र अपराधीको मनोवल बढेर थप अपराध गर्न उत्तेजित हुने हुँदा फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन निरन्तर लागिरहेको कोशी प्रदेश प्रहरीले सक्रियताका साथ प्रहरी परिचालन गरी फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिँदा दिने क्रममा यस आर्थिक वर्षको असार मसान्त सम्ममा जिल्ला प्रहरी कार्यालय मोरङले ११५६ जना, सुनसरीले १००२ जना, झापाले ५३४ जना, इलामले १४६ जना, पाँचथरले ४२ जना, ताप्लेजुङले ४८ जना, धनकुटाले ५७ जना, तेह्रथुमले ४५ जना, भोजपुरले ४४ जना, संखुवासभाले २८ जना, उदयपुरले २६० जना, ओखलढुंगाले ६९ जना, सोलुखुम्वुले १४ जना, खोटाङले ५३ जना र प्रादेशिक अनुन्धान समुहले १५ जना समेत गरी जम्मा ३५१३ जना लाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुबाट जम्मा १ हजार ४ सय १६ बर्ष भन्दा बढी कैद सजाय तथा जरिवाना बापत १४ करोड ७७ लाख भन्दा बढी राजश्व संकलन भएको छ ।

फरार प्रतिवादी पक्राउ अभियानमा नागरिकको साथ र सहयोग अपरिहार्य भएको हुँदा गाँउ, घर, छिमेकमा लुकी छिपी बस्दै आएका फरार व्यक्तिहरुको बारेमा नजिकको प्रहरीलाई सूचना उपलव्ध गराई सहयोग गरी दिन हुन सम्पुर्ण महानुभावहरुमा कोशी प्रदेश प्रहरी बिनम्र अनुरोध गर्दछ । प्रहरीलाई सूचना उपलव्ध गराउनु हुने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने समेत याँहाहरुलाई विश्वास दिलाईन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।