झापामा चल्यो गोली

झापा ।लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ ।

काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको हो ।

ब्युरोका एसएसपी कृष्ण कोइरालाले गोली चलाएर आरोपीलाई पक्राउ गरिएको पुष्टि गरे । उनका अनुसार भद्रपुरमा कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।

सो क्रममा आरोपी मोहम्मद इस्लामको खुट्टामा गोली लागेको छ । दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो । उनको साथबाट करिब १२० ग्राम खैरो हिरोइन बरामद भएको छ भने घाइते भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖