राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा पुन: ज्योति प्रधान
इजरायल(तेल अविव) । राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा पुन: ज्योति प्रधान चयन भएकी छिन् ।
राष्ट्रिय नेवा: खल: इजरायलको १३औं अधिबेशनले प्रधानको नेतृत्वमा ने.स. ११४५/११४७ को लागि सर्वसमत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।
नेपाल सम्बत् ११४५ गुंलाथ्व दशमी अदानुसार अगस्ट ४, २०२५ का दिन अनलाइन बैठक मार्फत सम्पन्न अधिबेशनले १९ सदस्यीय समिति चयन गरेको छ । जस अनुसार अध्यक्षमा ज्योती प्रधान, वरिष्ठ उपाध्यक्षमा अमिरा श्रेष्ठ, उपाध्यक्षमा प्रबिन श्रेष्ठ, महासचिवमा सुनिता श्रेष्ठ, सचिबमा राजभाई प्रजापती, कोषाध्यक्षमा सरस्वती श्रेष्ठ, सह- कोषाध्यक्षमा समीर श्रेष्ठ र सदस्यहरुमा पृयन्का श्रेष्ठ, पुनम ताम्राकार, गणेश श्रेष्ठ, जमुना किसि प्रधान, प्रज्वल प्रधान, सबिन मान्धर, सुमित उलक, बिनोद श्रेष्ठ, जिबन श्रेष्ठ, रस्ना श्रेष्ठ, सीता श्रेष्ठ र निशा प्रधान रहेका छन् ।
संरक्षक मनु श्रेष्ठको अध्यक्षतामा रहेको निर्वाचन समितिले सबै पदमा निर्बिरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
यसै संस्थाको संरक्षकहरुमा राजेन्द्र श्रेष्ठ, मनु श्रेष्ठ, बिमला श्रेष्ठ र स्वस्तिका श्रेष्ठ रहेका छन् । यसरी नै प्रमुख सल्लाहकारमा राजकुमारी श्रेष्ठ र सल्लाहकारहरुमा राजु श्रेष्ठ र सुनिल श्रेष्ठ रहेका छन् ।
नेवा:समुदायहरुको मौलिक नेपाल भाषा, लिपि, कला, संस्कार संस्कृति, भेष-भुषा, चाडपर्ब तथा परम्पराहरु, नेवा: पहिचान, सभ्यतालाई संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले ई.सं.२०१०मा स्थापित संस्था हो राष्ट्रिय नेवा: खल: ईजरायल ।


