बिरगञ्जको हैजा नियन्त्रणका लागि रौतहटवाट चिकित्सक टोली प्रस्थान

रौतहट, ९ भदौ । वीरगञ्ज महानगर आसपास क्षेत्रमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर, रौतहटबाट चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ।

 

गत शुक्रबारदेखि वीरगञ्ज क्षेत्रमा झाडापखाला र हैजाका बिरामीहरू देखिन थालेपछि सोमवार गौरबाट डाक्टर परशुराम यादव र डाक्टर विष्णुकुमार साह नेतृत्वको टोली नारायणी अस्पतालमा खटिएको हो।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीका अनुसार वीरगञ्जमा रोग फैलिन थालेपछि तत्काल सहयोगस्वरूप दुई जना चिकित्सक र तीन जना स्वास्थ्यकर्मीको टोली पठाइएको छ।

 

“चिकित्सकसहितको टोलीले बिरामी उपचारमा सहयोग गर्नुका साथै हैजा र झाडापखाला नियन्त्रणका लागि आवश्यक समन्वय गर्नेछ,” अध्यक्ष हासमीले जानकारी दिएका छन्।

 

स्वास्थ्य कार्यालय पर्साका अनुसार हालसम्म वीरगञ्जमा ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका १०३ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖