चार वर्षअघि परिवारको भविष्य सजाउने सपना बोकेर मलेसिया पुगेका दीपककुमारको कामकै सिलसिलामा मृत्यु
सप्तरी । चार वर्षअघि परिवारको भविष्य सजाउने सपना बोकेर मलेसिया पुगेका सप्तरीको रुपनी गाउँपालिका २ हरिरावा टोलका ३२ वर्षिय ३२ वर्षीय दीपककुमार रामको कामकै सिलसिलामा मृत्यु भएको छ ।
आइतबार राति अचानक बिरामी परेपछि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।दीपक मलेसियास्थित एक प्लास्टिक फ्याक्ट्रीमा मजदुरी गर्दै आएका थिए ।
सानै उमेरमै आमाबुबा गुमाएका उनलाई ऋणको बोझ, घर खर्च र भविष्यको चिन्ताले विदेश धकेलेको थियो ।


