लण्डनमा कुलमान घिसिङको उपस्थितीमा १६ औं नेपाली मेला भब्यतापूर्वक सम्पन्न

लन्डन । गत २४ अगष्ट २०२५ का दिन लण्डनको केम्पटन पार्कमा १६ औं नेपाली मेला सम्पन्न भएको छ । तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा नेपाली मेला सम्पन्न भएको हो ।

उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले नेपाली मेलाले राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’को भावनालाई प्रतिनिधित्व गरेको बताउनुभयो ।

मेलामा बेलायतका ४४ नेपाली संघसंस्थाले सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । झाँकीमा नेपालका विभिन्न जातजातीको परम्परागत भेषभूषा, नाचगान र संस्कृतिको झल्को देखिएको थियो । हजार ैदर्शक सहभागी रहेको मेलामा दर्ननौ स्टलमार्फत नेपाली खाना, च्यारिटी र व्यापारिक सामग्रीको बिक्री गरिएको थियो ।

मेलामा पासा पुचः गुथि यूकेले झाँकी र नृत्य दुवैमा उत्कृष्ट प्रस्तुति दिँदै एम्बासडर कप जित्यो । उसले ११ सय पाउन्ड पुरस्कार जित्यो । मगर संघ यूके र किरात याक्थुङ चुम्लुङ यूके पनि पुरस्कार विजेतामा परे ।

उत्कृष्ट सांस्कृतिक नृत्य प्रतियोगितामा ४० जना डान्सरहरुको घिन्ताङ घिसी (लट्ठी जुधाएर गरिने नाच)बाट पासा पुचः गुथि यूके प्रथम भयो भने तनहुँ समाज यूके दोस्रो र किरात याक्थुङ चुम्लुङ यूके तृतीय भए ।

१६ औं नेपाली मेलाको अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको औपचारिक सत्र महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई सूर्य गुरुङ, दुर्गा गुरुङ, योगेश गुरुङ लगायतले सञ्चालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।