धनकुटाबाट ८ करोड मूल्य भन्दा बढीको अलैंची निकासी

धनकुटा, १५ भदौ । धनकुटाबाट गएको आर्थिक वर्ष २०८१÷०८२ मा ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ ।
धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेती बाट ४० मेट्रिटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए ।

विदेशी मुद्रा आर्जनको माध्यम रहेको अलैंची खेतीमा केहि वर्ष पहिले देखि लागेको छिर्के, फुर्के, गानो कुहिने, बोट सुक्ने, दाना नलाग्ने रोग तथा मूल्यमा आएको गिरावटका कारण निराश बन्दै गएका किसान लाई अहिले अलैंचीको मूल्यमा आएको सुधारले राहत दिएको र अघिल्लिो वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दबै मा बृद्धि भएको ज्ञान केन्द्रले जनाएको छ ।

धनकुटामा २०८०÷०८१ मा करिब ३४ हजार ८ सय किलो अलैंची उत्पादन भएको र त्यस बाट करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्यांक छ । कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र बहादुर रानाले थोरै बजेटमा किसानका समस्या समाधान गर्न कठिन रहेको अवस्थामा समेत किसानको मेहनतले संकटमा परेको अलैंची खेतीमा आएको सुधारले आशा जगाउँदै लगेको बताए ।

अघिल्लो वर्ष केन्द्रले बगान व्यवस्थापन अन्तर्गत उचाइ अनुसार उपयुक्त जातको छनोट, नर्सरी स्थापना, उचित सिँचाइ व्यवस्थापन, मलचिङ, जैविक मलको सन्तुलित प्रयोग, छायाँ व्यवस्थापन र रोग–कीरा नियन्त्रण जस्ता विषयमा किसानलाई प्राविधिक र व्यावथापनका लागि सहयोग गरेको समेत रानाको भनाइ थियो ।

धनकुटाको महालक्ष्मी, साँगुरीगढी, पाख्रिवास, छथर जोरपाटी लागयत जिल्लाका अन्य स्थानमा अलैंचीको व्यावसायीक खेती हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।