मलेसियाका लागि नेपाली राजदूतका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं, १८ भदाै‌‌ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले मलेसियाका लागि नेपाली राजदूत नेत्र प्रसाद तिम्सेनाको गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।

 

संघले जारी गरेको विज्ञप्तिमा मिति २०७९/०२/२६ मा परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण गरिएको विधानअनुसार, राष्ट्रिय समन्वय परिषद्–मलेसियाको नवौं महाधिवेशन २०२५/०७/२७ मा वैधानिक रूपमा सम्पन्न भई सर्वसम्मतिले कार्यसमिति निर्वाचित भएको स्मरण गराइएको छ। तर, संघको विधानले तोकेको समयसीमा बाहिर आयोजित एक कार्यक्रममा राजदूतले आधिकारिक सहभागिता जनाउँदै निर्वाचित कार्यसमितिको अपहेलनापूर्ण व्यवहार देखाएको भन्दै आपत्ति जनाइएको छ।

 

विज्ञप्तिमा भनिएको छ, “राजदूतले वैधानिक निमन्त्रणा अस्वीकार गर्नु मात्र नभई विधानविपरीत कार्यक्रमलाई समर्थन गर्नु, निर्वाचित पदाधिकारीमाथि पदको मर्यादा विपरीत आरोप लगाउनु र सर्वोच्चमा विचाराधीन मुद्दाको अपहेलनासमेत गर्नु गैरजिम्मेवार र निन्दनीय कार्य हो।”

 

संघले यस्तो कदमले विश्वभरिका गैरआवासीय नेपालीबीचको एकता, विश्वास र संस्थागत गरिमामा गम्भीर चोट पुर्‍याएको आरोप लगाएको छ। साथै, भविष्यमा यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन प्रधानमन्त्री कार्यालय र सम्बन्धित निकायसँग तत्काल आवश्यक कदम चाल्न माग गरेको छ।

 

संघले विदेशमा रहेका नेपालीलाई एकताबद्ध गर्नुपर्ने बेलामा नेपालका जिम्मेवार नेताहरू समेत विभाजनकारी कार्यक्रममा सहभागी भएकोप्रति दुःख प्रकट गरेको छ।

 

 

 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।