कोरियाको समुद्र किनारमा हराएकी ३० वर्षीया नेपाली युवतीको शव फेला
दक्षिण कोरिया । दक्षिण कोरियाको 충남 (चुङनाम) प्रान्त अन्तर्गत बोऱ्यङस्थित थेजन समुद्र किनारमा हराएकी ३० वर्षीया नेपाली युवतीको शव फेला परेको छ।
शुक्रबार बिहान करिब १०:३० बजे गट्बावी नजिक समुद्र सतहमा तैरिरहेको अवस्थामा उनको शव देखिएपछि प्रहरीले उद्धार गरी पहचान गरेको हो। सोही बिहानै उनी हराएको भनेर प्रहरीमा उजुरी परेको थियो।
प्रहरीका अनुसार मृतक नेपाली नागरिक F2-R भिसा अन्तर्गत dependent का रूपमा कोरिया आएकी थिइन्। बोऱ्यङ समुद्री प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक रूपमा आत्महत्या हुन सक्ने आशंका गरिएको भए पनि अन्य सबै सम्भावनालाई खुला राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

