धनकुटामा ट्याक्टर दुर्घटना,दुई जना घाइते

धनकुटा,२८ भदौ । धनकुटामा ट्याक्टर दुर्घटना हुंदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा चालक सहिदभूमि गाउंपालिका २ का २३ बर्षिया सचिन शिवाको टाउकोमा चोट लागेको र उपचारको लागि जिल्ला अस्पताल धनकुटा तर्फ पठाइएको छ भने सह-चालक सोही स्थानका १८ बर्षिया खगेन्द्र परियार भने ट्याक्टरमा च्यापिएको अवस्थामा रहेकोमा ईलाका प्रहरी कार्यालय छिन्तांगबाट प्रहरी टोली खटि गई उद्धार गर्ने कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आज करिब ११:४५ बजे सहिदभूमि गापा ३ पन्चकन्या स्थित भित्री सडक खण्डमा सेती चौकबाट पन्चकन्या तर्फ आउदै गरेको को २ त ८६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोवाट अन्दाजी ८० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖