निरन्तर बिरामीको सेवामा समर्पित विराट मेडिकल कलेज टिचिङ अस्पतालका नर्स

विराटनगर। सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध प्रदर्शनपछि लगाइएको निषेधाज्ञा र कर्फ्यूका बीचमा पनि विराट मेडिकल कलेज टिचिङ अस्पतालका स्वास्थ्यकर्मीले बिरामीको सेवामा निरन्तरता दिइरहेका छन्।

अस्पतालका नर्सहरूले परिचयपत्र देखाउँदा समेत बाटोमा रोकिने समस्याको सामना गर्नुपरेको थियो। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित यस अस्पतालमा धरान, इटहरी, सुन्दरहरैंचा, विराटनगर, झोराहाट र बर्जु लगायतका ठाउँबाट आउने नर्सहरूलाई आवतजावतमा कठिनाइ भएको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालको आईसीयू लेभल-३ की नर्सिङ इन्चार्ज माधुरी राईले भनिन्, “हिजो मात्रै एक स्वास्थ्यकर्मीलाई अस्पतालको पोशाक र परिचयपत्र देखाउँदा समेत बाटोबाट फर्काइयो।” उनले सुरक्षाकर्मीहरूले स्वास्थ्यकर्मी भनेर परिचयपत्र देखाउँदा समेत रोक्ने गरेको गुनासो गरिन्।

नर्सिङ स्टाफ रिया खड्काले तरहराबाट काममा आउनका लागि दैनिक समस्या भोग्नुपरेको बताउँदै भनिन्, “हरेक दिन यातायातमा अप्ठ्यारो भएको थियो ।”

विराट मेडिकलमा कार्यरत ५२० जना नर्समध्ये धेरै टाढाबाट आउने गर्छन्। नर्सिङ सुपरिन्टेन्डेन्ट आयुष्मा शाक्यका अनुसार बिरामीको चाप बढी भएको अवस्थामा नर्सको संख्या कम हुँदा व्यवस्थापनमा कठिनाइ भए पनि हामीले बिरामीको सेवामा निरन्तर खटि रहयौ।

“एक जना पनि स्वास्थ्यकर्मी कम भएमा बिरामीको सेवामा समस्या हुन्छ,” राईले भनिन्। अस्पतालले टाढाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूको सुविधाका लागि बस व्यवस्था गरेको हुनाले आवतजावतमा कठिनाई नभएको उनले बताईन।

राईले भनिन्, “मनमा डर भए पनि आफ्नो काम र कर्तव्य निभाउन पाउँदा खुशी लाग्छ। हामी जस्तोसुकै परिस्थितिका लागि पनि सधैं तयारी अवस्थामा हुन्छौं।” उनले कोरोना महामारीको समयमा पनि स्वास्थ्यकर्मीहरूले निरन्तर सेवामा खटिएको उल्लेख गर्दै वर्तमान चुनौतीपूर्ण अवस्थामा पनि बिरामीहरूको सेवामा प्रतिबद्ध रहेको बताइन्।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मोरंगले निषेधाज्ञा र कर्फ्यू आदेश रद्द गरेको छ। जिल्लामा शान्ति सुरक्षाको स्थिति सामान्य बन्दै गएको भन्दै प्रशासन कार्यालयले निषेधज्ञा र कर्फ्यूको आदेश रद्द गरिएको जनाएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖