साउदी उड्ने तयारीमा रहेका इटहरीका अभिषेक गोलीले सधैंका लागि रोक्यो यात्रा

इटहरी । सब ठीकठाक भएको भए इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठ शनिबार साउदी अरब उडिरहेका हुन्थे।

तर, भाग्यले उनलाई फरक मोडमा डोर्यायो। जहाँ टिकट र भिसा हातमै थिए, तर विमान चढ्ने ठाउँमा उनी शववाहनमा कहिल्यै नउठ्नेगरी फर्किए।चार वर्षसम्म इटहरीको बर्गर हाउसमा पसिना बगाएका अभिषेकको लक्ष्य परिवारलाई सम्हाल्ने र आफ्ना सपना पूरा गर्ने थियो।

सस्तो श्रम बेचेर जीवन सुधार्ने चाहना बोकेका उनी “अन्तिम पारिश्रमिक लिन” गएको बर्गर हाउसबाट घर फर्किने बाटोमै लड्न पुगे। गोली लागेर उनको जीवनै समाप्त भयो।

इटहरी उपमहानगरको भीडभाडमा उनी प्रदर्शनकारी थिए कि सामान्य यात्रु भन्ने अहिलेसम्म स्पष्ट छैन। तर परिणाम भने परिवारले छोरो गुमायो। दुबईमा श्रम बेचिरहेका बुबाले “उडान” होइन, “अन्त्येष्टि” का लागि नेपाल फर्किनु पर्‍यो।

“बर्गर हाउसबाट पैसा मागेर ल्याउँछु भनेर गएका थिए,” माइजु तारा श्रेष्ठको आवाज अझै थर्थराइरहेको छ, “फर्किँदै गर्दा नाकमा गोली लागेछ, हिँड्दै गर्दा ढलेछन्।”

भदौ २३ मा भएको जेन–जी आन्दोलनले १९ जनाको ज्यान लियो। त्यसै दिन इटहरीमै गोली लागेर मृत्यु हुनेमध्ये एक बने अभिषेक। उनीसँगै इटहरी–१४ का मोहन सदाको पनि प्राण गयो।

अभिषेकको आमा, भाइबहिनीसहित आफन्त एवम् छरछिमेकी विक्षिप्त छन् । उनका साथीहरू भन्छन्, “विदेश उड्ने तयारी गरिरहेका थिए, अब त हाम्रो साथी नभेटिनेगरी टाढा गयो।”

सपनाको टिकट हातमै भएर पनि आकाश छुन नपाएको कथा अभिषेकको मात्रै होइन, हजारौं नेपाली युवाको पीडा हो। छोराको मृत्युपछि अभिषेकका बुबा दुबइबाट नेपाल फर्किएका छन्। उनको शव हाल धरानस्थित बीपी प्रतिष्ठानमा राखिएको छ ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।