सुदन गुरुङ समूहले गर्यो प्रधानमन्त्री निवास अगाडि नाराबाजी
काठमाडौ । प्रधानमन्त्री शुशीला कार्कीले आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको अगुवा दाबी गर्ने सुदन गुरूङ समूहले आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन र नाराबाजी गरेको हुन।
गुरूङले आक्रोशित मुद्रामा भने, हामी फेरि सडकमा आयौं भने कसैले रोक्न सक्दैन। जुन ठाउँमा हामीले राखेका छौं। त्यहीँबाट थुतेर निकाल्छौं ‘ओमप्रकाश अर्याल, लयर.. उनले आफै गृहमन्त्री बनाउँदा रहेछन्, भित्र बसेर!,’
यसैबीच नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने टुंगो लगाएकी छन्।ओम प्रकाश अर्याल काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन।


