मन्त्री घिसिङको पहिलाे निर्णयः डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने

काठमाडौं, ३० भदौ । नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन् ।

‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्छ भनेर मैले बारम्बार भनिरहेको हो । त्यसैलाई आधार मानेर म प्राधिकरणबा बाहिरिनुपर्ने अवस्था पनि आयो । यसलाई अब तत्कालै उठाउनुपर्छ । उद्योगी साथीहरुले देशको लागि केही योगदान मैले गरेँ भन्ने हिसाबले सोचेर गर्नुहुन्छ भन्ने मलाई लाग्छ । म उहाँहरुलाई पनि आह्वान गर्न चाहन्छु– योगदान गर्नुस्, देश गम्भीर अवस्थामा छ,’– उनले भने ।

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापत विभिन्न उद्योगहरुलाई प्राधिकरणले २२ अर्बभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको छ । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक रहेको बेलामा बक्यौता उठाउन उनले ताकेता गरेका थिए । तर, गत चैतमा तत्कालीन सरकारले उनलाई बर्खास्त गरेको थियो । बर्खास्तगीमा परेका घिसिङ ७ महिनामा सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

उनले अब पुनर्निर्माणतर्फ लाग्नुपर्ने बताए । अब विध्वंश नभएर निर्माण अभियान बनाइनुपर्ने उनले बताए । विषम परिस्थितिमा आफूलाई जिम्मेवारी दिइएको भन्दै उनले प्रधानमन्त्री सुशीला कार्की र जेन–जीहरुलाई धन्यवाद दिए । उनले भने, ‘अब हामी पुनर्निर्माणतिर लाग्नुपर्ने छ । देशलाई समृद्धितिर अगाडि बढाउनुपर्ने छ । राजनीतिक स्थिरता ल्याउनुपर्ने छ । अब देश रहेमात्रै हामी रहन्छौं । देश गम्भीर अवस्थामा छ । हामीले सही अवतरण गराउनुपर्छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।