नि:शुल्क देशको सेवा गर्ने ऊर्जामन्त्री घिसिङको प्रतिवद्धता
काठमाडौ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले तलब भत्ता नलिने घोषणा गर्नुभएको छ ।
आज सिंहदरबारमा रहेको मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री घिसिङले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरू ुजेन–जीु प्रदर्शनका क्रममा मृत्युवरण गरेका शहीदहरूका परिवारलाई उपलब्ध गराउने बताउनुभएको हो ।
यस्तै उहाँले आफ्ना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने पनि उल्लेख गर्नुभयो ।


