मोरङ्गमा आन्दोलनको असर : वडा कार्यालय देखी प्रहरी कार्यालय सम्ममा क्षती

मोरङ्ग, १ असोज । जेन जी आन्दोलनका क्रममा मोरङ जिल्लामा विभिन्न सरकारी, गैरसरकारी र निजी भवनहरूमा ठूलो क्षति पुगेको छ। ताजा विवरणअनुसार जिल्लाभर एक सय पचास भन्दा बढी संरचना प्रत्यक्ष प्रभावित भएका छन्।

 

जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्कअनुसार, संघीय कार्यालय ७३ मध्ये २१ वटा क्षतिग्रस्त भएका छन् भने २२ वटा आंशिक रूपमा प्रभावित भएका छन्। त्यस्तै, प्रदेश सरकारअन्तर्गतका कार्यालय ३९ मध्ये १४ वटा क्षतिको सूचीमा परेका छन्।

 

स्थानीय तहका संरचनामा पनि ठूलो क्षति भएको छ। मोरङका १७ वटा पालिकाभवनमध्ये १० वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १५९ वडा कार्यालयमध्ये ५८ वटा प्रभावित भएको प्रशासनले जनाएको छ।

 

निजी तथा व्यापारिक क्षेत्र पनि आन्दोलनबाट अछुतो रहन सकेन। हालसम्म १५ वटा निजी घर, ३ वटा व्यापारिक भवन र ४ वटा विभिन्न संघ संस्थामा क्षति पुगेको विवरण प्राप्त भएको छ। ८ वटा विभिन्न राजनीतिक दलका कार्यालयहरू पनि क्षतिग्रस्त भएका छन्। जसमा नेकपा एमाले,नेपाली काग्रेसका कार्यालय वडी प्रभावित बनेका हुन् । 

 

सुरक्षा निकायतर्फ, मोरङमा रहेका १७ वटा जनपथ प्रहरी कार्यालय तथा प्रहरी पोष्टमा पुर्ण रुपमा क्षति पुगेको छन भने ४ वटा सशस्त्र प्रहरी पोस्टहरूमा क्षति पुगेको छ।

 

स्थानीयवासीले आन्दोलन लामो समयसम्म उग्र बनेपछि सरकारी सम्पत्ति मात्र नभई सर्वसाधारणको घर र व्यापारिक क्षेत्रसमेत प्रभावित भएको गुनासो गरेका छन्। प्रशासनले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको र आवश्यक पुनर्निर्माण योजनाबारे छलफल थालिएको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।