१५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम

सञ्जय मिश्रा/रौतहट, ३ असोज। रौतहटको कटहरिया नगरपालिकामा १५० जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धी विशेष तालिम दिइएको छ।

 

हालै देशभर जेन जी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै यो तालिमको आयोजना गरिएको हो।

 

तालिम नेपाल युवा नेतृत्व विकास केन्द्रको आयोजनामा, लायन्स क्लब अफ जनकपुर मिथिला सिटीको सहकार्य तथा कटहरिया नगरपालिका वडा ४ का अध्यक्ष चन्दन कुशवाहाको पहलमा सम्पन्न भएको हो।

 

कार्यक्रममा विद्यार्थी युवाहरुलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा प्रशिक्षण दिइएको तालिम संयोजकहरूले बताएका छन्।

 

हालै भएको जेन जी आन्दोलनले देशभरका युवा–युवतीमा गहिरो प्रभाव पारेको छ। आन्दोलनका क्रममा हिंसा, तोडफोड, र सरकारी सम्पत्तिमा क्षति भएपछि विद्यार्थी तथा युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको बताइन्छ। यस्तो अवस्थामा स्थानीय तहबाटै मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउन गरिएको प्रयासलाई सहभागी विद्यार्थीहरूले स्वागत गरेका छन्।

 

विशेषज्ञहरूको भनाइमा, युवावस्थामै मानसिक स्वास्थ्यको महत्व बुझाइएन भने दीर्घकालीन असर समाजमा नकारात्मक देखिन सक्छ।

 

तालिममार्फत विद्यार्थीहरूले आत्मविश्वास बढाउने, सहकार्य गर्ने, तथा संकट व्यवस्थापन गर्ने सीप प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ।
कटहरियामा भएको यो कार्यक्रम केवल एक दिने तालिम मात्र नभई आन्दोलनपछिको सामाजिक उपचारका रूपमा पनि लिइएको छ।

 

यसले युवामा मानसिक स्वास्थ्यप्रति जागरण ल्याउनुका साथै भविष्यमा जिम्मेवार नेतृत्व विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।