धनकुटा अस्पतालको न्यूनतम सेवा मापदण्ड समिक्षा
धनकुटा । धनकुटा अस्पतालको न्यूनतम सेवा मापदण्ड समिक्षा गरिएको छ । अस्पतालमा सोमवार एक कार्यक्रमको आयोजना गरि न्यूनतम सेवा मापदण्डको समिक्षा गरिएको हो । जसअनुसार अस्पतालमा डाईलासिस सेवा सहित थप विशेषज्ञ सेवाका साथ शल्यक्रिया सेवा समेत संचालन भैरहेको जानकारी दिएको छ ।
धनकुटा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निरेन तामाङको अध्यक्षतमा सञ्चालित कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सिमित साधन स्रोतलाई अत्यधिक परिचालन गरी धनकुटा अस्पतालले महत्वपूर्ण स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी गेलालले जिल्ला अस्पतालमा अझ थप सेवा विस्तार्रका लागि सवैले सहयोग गर्न अनुरोध समेत गर्नु भयो ।
धनकुटा अस्पताल व्यवस्थापन समितिको तर्फबाट सदस्य विजय सन्तोषी राईले १५ शैयाको धनकुटा अस्पताल भएपनि यसले धेरै विशेषज्ञ सेवाहरुका साथ प्रभावकारी रुपमा थप स्वास्थ्य सेवाहरु पनि प्रदान गर्दै आईरहेकाले यो अस्पताल पूर्वी पहाडी जिल्लाहरुकै लागि नमुना अस्पताल भएको वताउनु भयो ।
धनकुटा अस्पतालको प्रमुख डाक्टर सन्तोष राईले धनकुटा अस्पतालको सेवाहरुको वारेमा जानकारी दिदै डाईलासिस सेवालाई प्रभाकारी रुपमा संचालन गरिएको र हाडजोर्नी,स्त्री रोग लगायत अन्य धेरै विशेषज्ञ सेवाहरु र शल्यक्रिया सेवाहरु संचालन गरिरहेको वताउनु भयो ।
उहाले धनकुटा अस्पतालमा रक्त संञ्ंचार सेवा,,मिनि आई सि यू सेवा लगायत अन्य विभिन्न थप सेवाहरु समेत संचालन गर्न पहल भैरहेको वताउनु भयो ।
कार्यक्रममा स्रोत व्यक्तिहरु डा.गौरव शाह,.विकास आचांंर्य पशुपती खनाल र बालकुमारी तामाङ लगायतकाले अस्पताल सम्वन्धित तयार गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने धनकुटा अस्पतालले आर्थिक बर्ष २०८१÷२०८२ मा ७६ अंक प्राप्त गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य धनकुटा अस्पतालका प्रमुख डा. राईले राख्नु भएको थियो । कार्यक्रमको संचालन अस्पालका प्रशासन शाखा प्रमुख यज्ञमणी खतिवडाले गर्नु भएको थियो ।


