सोलुदुधकुण्ड–२ मा सम्पन्न ३ दिने स्वास्थ्य शिविरमा ७२९ जनाले सेवा पाए
सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–२ मा सञ्चालन भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा ७२९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
नगरपालिकाको आयोजनामा, वडा नं. २ को सहआयोजना तथा कुशुदेबु जनस्वास्थ्य अभियान नेपाल, काठमाडौं र वाइल्डरनेस इन नेपाल, अस्ट्रेलियाको प्रायोजनमा सम्पन्न शिविरमार्फत स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सुविधा लिएका हुन्।
आयोजक पक्षले यस्ता स्वास्थ्य शिविर आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने अपेक्षा व्यक्त गरेका छन्।


