रोमानियाको होटलमा आगलागी : इलामकी सोनी र काठमाडौंकी सुस्मिताको मृत्यु,सुमिना घाइते

काठमाडौ । युरोपेली मुलुक रोमानियाको प्रहोभा जिल्लास्थित तातरानी सहरको ‘होटल डाले’ मा सोमबार बिहान भएको भीषण आगलागीमा दुई नेपाली युवतीले ज्यान गुमाएका छन्।

मृतकमा इलाम माई नगरपालिका–७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौँ दक्षिणकाली नगरपालिका–९ की २४ वर्षीया सुस्मिता तामाङ रहेको पुष्टि भएको छ।

दुवै रोजगारीका लागि केही महिनाअघि मात्र रोमानिया पुगेका थिए। सोनी करिब एक वर्षअघि र सुस्मिता पाँच महिनाअघि पुगेका हुन्।आगलागीमा घाइते भएकी इलाम चुलाचुलीकी सुमिना मगर स्थानीय अस्पतालमा उपचाररत छिन्। उनीहरू बस्ने कोठा होटेलकै माथिल्लो तलामा थियो।
म्याग्दी बेनीका नारायण विक, जो सोही होटेलमा पाँच वर्षदेखि काम गर्दै आएका छन्, उनका अनुसार बिहान करिब ७ बजे ठूलो आवाजसहित आगलागी सुरु भएको थियो ।

केही समयमै प्रहरी र दमकलले आगो नियन्त्रणमा लिए पनि दुई युवतीको ज्यान जोगाउन सकिएन। “२ जनाकै शव पूरै जलेको अवस्थामा भेटियो। सोनी बहिनीले लगाएको सुनको लकेटले मात्र शवको पहिचान भयो,” विकले भने।

आगलागी विद्युत् सर्टका कारण भएको अनुमान गरिएको छ। उक्त होटललाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै प्रशासनले एक हप्ताअघि मात्रै बन्द गर्ने आदेश दिएको बताइएको छ।

रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाँलले मृतकको शव नेपाल पठाउने र क्षतिपूर्तिका लागि रोमानियन सरकार तथा सम्बन्धित कम्पनीसँग पहल गर्ने जानकारी दिएका छन्।

हाल करिब ३० हजार नेपाली कामदार रहेको रोमानियामा नेपाल सरकारको दूतावास वा स्थायी कूटनीतिक संयन्त्र छैन।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।