विश्वकप छनोट खेल आजबाट, नेपालको पहिलो खेल कुवेतसँग
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल आजबाट सुरु हुँदैछ ।
नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबिचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालले दोस्रो खेलामा जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको एक खेलमा मात्र सहज जित निकाल्दै नेपाललाई सुपर सिक्समा पुग्ने अवसर छ ।
विश्वकप छनोटका खेलहरु अक्टोबर १७ सम्म हुनेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।


