जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा थप उपचार सेवा विस्तार सँगै सेवा लिनेको सख्या बृद्धी
धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा लिन आउनेहरुकाे सँख्यामा उल्लेख्य वृद्धि भएकाे छ ।
यहाँ थप उपचार सेवा विस्तार गरिए सँगै उपचार गर्न आउनेहरुको सख्या वृद्धी भएको हाे । शुक्रवार धनकुटामा आयोजित आयुर्वेद कार्यक्रमहरुको समन्वयात्मक समिक्षा कार्यक्रममा त्यस्ताे जानकारी दिईएको हाे ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा केन्द्रका व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष निरेन तामाङले आयुर्वेद उपचार बिधि अहिले झन लोकप्रिय र उपयोगी बन्दै गएको वताउनु भयो ।
त्यस्तै धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आयुर्वेद उपचार विधि ज्यादै प्रभावकारी भएकोले यस उपचार पद्धतीको महत्वको वारेमा जनस्तर सम्म जैलानु पर्नेमा जोड दिनु भयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा. बिद्या श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश स्वाथ्य मन्त्रालयका प्रतिनिधि डा केनिन राई,कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधि विजय कुमार झा, व्यवस्थान तथा संचालन समितिका सदस्य विजय सन्तोषी राई, जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रतिनिधि कर्मचन्द्र राजबंशी लगायतले आयुर्वेद उपचार प्रदतीको महत्व र आवाश्यक्ता बढ्दै गएको वताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार गर्नेहरुको सख्यामा बृद्धी भएको भन्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाबाट ओ.पी.डी. ,प्रयोगशाला , निःशुल्क औषधी वितरण, योग ,पूर्वकर्म÷पंचकर्म , स-शुल्क फार्मेसी सेवाहरु संचालनमा रहेको जानकारी दिदै गत आर्थिक बर्षमा आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाबाट भएको कार्यक्रम र उपचारको विषयमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
डा. श्रेष्ठले आर्थिक बर्ष २०८० /२०८१ मा ६ हजार ७ सय ७४ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको र आर्थिक बर्ष २०८१/२०८२ मा ७ हजार ७ सय ३० जनालाई आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी दिनु भयो ।
यसैगरी आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटा अन्र्तगत संचालन भैरहेको ,सहिदभूमी गाउपालिकाका छिन्ताङ आयुर्वेद औषधालयका श्रवण कुमार श्रेष्ठ, पाख्रिवास नागरिक आरोग्य सेवा केन्द्रका मनिषा कुमारी उराव,महालक्ष्मी नगरपालिकाको आरोग्य सेवा केन्द्रका मिना कुमारी मेहता,चैविसे गाउपालिकाका आरोग्य सेवा केन्द्रका चम्पा अधिकारीले सेवा प्रवाहको वारेमा प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका रविन्द्र कुमार मेहताले कार्यक्रमको संचालन गर्दै स्वागत राख्नु भएको थियो ।
कार्यक्रममा पाख्रिवास नागरिक आरोग्य सेवा केन्दले उत्कृष्ठ कार्य गरेकोमा सो केन्द्रका मनिषा कुमारी उरावलाई प्रमाण पत्र प्रदा गरिएको थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द धनकुटा बाट ओ पि डि सेवा अन्तर्गत पेट सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, मानसिक रोग, छाला सम्बन्धि रोग, जन्डिस, मधुमेह, उच्च रक्तचाप, मोटोपना, पत्थरी आदिको उपचार गरिदै आएको जानकारी दिदै डा बिद्या श्रेष्ठले प्रयोगशालामा विभिन्न अत्याधुनिक उपकरणहरुको प्रयोग गरि रगत, दिसा, पिसाब आदिको जाँच गरि समस्याहरु समेत पत्ता लगाईरहेको वताउनु भयो ।
यसैगरी आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाबाट निःशुल्क औषधी वितरण अन्तर्गत २३ प्रकारका आयुर्वेद औषधीहरु निःशुल्क वितरण गरिदै आएको समेत डा विद्या श्रेष्ठले जानकारी दिनु भयो ।
पूर्वकर्म÷पंचकर्म अन्तर्गत शरीरमा भएका विकारहरु हटाउन,शरीर संशोधन गर्न, गठ्ठीया, वातरोग पक्षघात लगयत अन्य रोगहरुका उपचार समेत गरिरहेको जानकारी दिदै ससो स्वास्थ्य सेवा केन्द्र धनकुटाका डा.श्रेष्ठले जेष्ठनागरिक सेवा अन्तर्गत बलवर्धक अश्वगन्धा र आमलकी चुर्ण निःशुल्क वितरण गरिदै आएको समेत वताउनु भयो ।
यस्तै स्तनपायी आमा सेवा अन्तर्गत दुग्धवर्धक सतावरी चुर्ण र दशमूल तेल निःशुल्क वितरण गरिदै आएको र योग– योग प्रशिक्षकद्वारा स्वस्थ व्यक्तिका स्वास्थ्य प्रवर्धन हेतु संगसंगै रोगी व्यक्तिका लागि रोग अनुसारका योग एवं ध्यान विधीहरु समेत गराउदै आएको डा.श्रेष्ठले जानकारी दिनु भयो ।
शिरोधारा उपचार पद्धती अनुसार टाउको दुख्ने, माइग्रेन, शारीरिक तथा मानसिक थकान, डिप्रेसन, अनिन्द्रा, सुस्त मनस्थिति आदि समस्यामा अत्यन्त उपयोगी भएको समेत जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठले वताउनु भयो ।
धनकुटा जिल्लामा हाल आयुर्वेद स्वास्थ्य उपचार पद्धती दिन प्रतिदिन लोकप्रिय बन्द्र गएकाले उपचार गर्न आउनेहरुको सख्यामा समेत उल्लेखनीय बृद्धी हुदै आएको छ ।


