विराट टिचिङका नर्स आन्दोलित, बिरामी मर्कामा

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पितलका नर्स र स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

सेवा सुविधा वृद्धिलगायतका माग राख्दै शनिबारदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । हस्पिटलका नर्स र स्वास्थ्यकर्मीलाई सरकारले तोकेको न्यूनतम तलब, सेवा सुविधाहरु उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रनु परेको उनीहरुले बताएका छन् ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले कसैलाई पनि श्रम शोषण नगरेको र हस्पिटलको क्षमताअनुसारको सेवा सुविधा उपलब्ध गराउँदै आएको बताए ।हस्पिटलका अध्यक्ष ज्ञानेन्द्रमानसिंह कार्कीले भने, ‘अस्पताल जस्तो संवेदशील क्षेत्रका कसैले पनि बिरामी छाडेर बाहिर निस्कन मिल्दैन ।

ड्युटी हुनेले ड्उटी गर्ने अरुले धर्नामा बस्ने हो । तर, उहाँहरुलाई मैले धर्नामा बस्न पर्दैन आफै संवेदनशील छु भनेको थिएँ । आफैं काठमाडौं गएर सरकारसँग यस विषयमा छलफल गर्ने छु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖