विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत ओन्कोलोजी र प्यालिएटिभ केयर ESMO नियुक्त केन्द्रको रूपमा अवार्ड प्रदान गरिएको हो। क्यान्सर इन्स्टिच्युटले सन् २०२६ देखि २०२८ सम्मका लागि ESMO नियुक्त केन्द्रको रूपमा मान्यता प्राप्त गरेको छ।

ESMO डिजाइनेटेड सेन्टर कार्यक्रमले विश्वभरका ओन्कोलोजी र प्यालिएटिभ केयर सेवाहरूको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ संचालन गरिँदै आएको छ। यो मान्यता तीन वर्षका लागि अवधिको लागि हुने ESMO ले जनाएको छ।

यो मान्यताले विराट क्यान्सर इन्स्टिच्युटले विश्व-स्तरीय ओन्कोलोजी सेवा, करुणामय प्यालिएटिभ केयर र बिरामीको मर्यादा प्रति अटल प्रतिबद्धता राखेको प्रमाणित गरेको छ।

यो नेपालमा बहु-अनुशासनात्मक क्यान्सर र प्यालिएटिभ केयर सेवाहरूलाई अगाडि बढाउने दिशामा ऐतिहासिक र उल्लेखनीय कदम भएको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ।

यस प्रतिष्ठित पुरस्कारका लागि गरिएको पहल र अथक परिश्रमको लागि एसोसिएट प्रोफेसर मेडिकल अनकोलोजिस्ट तथा हेमाटोलोजिस्ट डा. सुलभ सापकोटाको भूमिका महत्वपूर्ण रहेको छ। उनको नेतृत्वमा यो उपलब्धि हासिल भएको हो।

यस महत्वपूर्ण उपलब्धिमा योगदान पुर्‍याउने सम्पूर्ण ओन्कोलोजी टिमलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको छ। यो मान्यताले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचार र प्यालिएटिभ केयरको गुणस्तर सुधार गर्न तथा अन्तर्राष्ट्रिय मानक अनुरूपको सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।