धनकुटा नगरमा दुई दिन सार्बजनिक बिदा
धनकुटा,१६ कार्तिक ।धनकुटाको धनकुटा नगरपालिकाले दुई दिन स्थानिय बिदा दिएको छ ।
नपाले आठपहरिया जातिको चाड वाडाङ्मेटको अवसरमा कार्तिक १९ र २० गते दुई दिन बिदा दिने निर्णय गरेको हो ।
नपाका प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा भनिएको छ –
प्रस्तुत विषयमा नेपालको धनकुटा जिल्लाको धनकुटा नगरपालिका क्षेत्र भित्र मात्र वसोवास गर्ने आठपहरिया जातिको महान चाड वाडाङ्मेटको मुख्य दिन मिति २०८२/०७/१९ र २० गते परेको हुनाले नगर कार्यपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक), वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयहरुमा मिति २०८२/०७/१९ र २० गते स्थानीय विदा दिने निर्णय भएको सम्वन्धित सवैलाई यसै सूचना द्वारा जानकारी गराइन्छ ।



