धनकुटामा प्रहरी सहायक निरीक्षक थापा असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित
धनकुटा,१६ कार्तिक । धनकुटामा प्रहरी सहायक निरीक्षक टंक बहादुर थापा असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी चौकी मुलघाटमा कार्यरत प्रसनि थापा उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
प्रसनि थापाले विभागीय मूल्य-मान्यता, आदेश- निर्देशनको पालना गरी उच्च मनोबलका साथ आफ्नो पदीय कर्तब्य निर्वाह गर्ने क्रममा मिति २०८२।०६।२७ गते अन्दाजी ०२:०० वजेको समयमा जि. धनकुटा धनकुटा नगरपालिका वडा नम्बर ९ पाँचगोलाई स्थित कोशी लोकमार्गमा धनकुटाबाट धरान तर्फ सब्जि बोकी जाँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक देखि अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा ट्रक चालक जि. उदयपुर उदयपुरगढी गाँउपालिका वडा नं. ९ कुर्कुनटार बस्ने बर्ष २६ को नारायण खड्का र सह-चालक जि. उदयपुर चौदण्डीगढी वडा नं. १ रानिटार घर भएका अन्दाजी वर्ष १८/१९ को दिनेश राय क्षेत्रीलाई घाइते अवस्थामा तत्काल प्रहरी चौकी मुलघाट धनकुटाबाट प्रहरी सहायक निरीक्षक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्काल उद्दार गरी जिल्ला अस्पताल धनकुटा पठाएकोमा सह-चालक दिनेश राय क्षेत्रीको मृत्यु भएको र चालक नारायण खड्काको उपचार पश्चात अवस्था सामान्य रही प्रहरीको नियन्त्रणमा रहेको साथै मिति २०८२।०६।१८ र १९ गते परेको अबिरल बर्षाका कारण जि. धनकुटा साँगुरीगढी वडा नं. १ लावरबोटे र घण्टे स्थितमा गएको पहिरोले कोशी लोकमार्ग अवरुद्द भएकोमा तत्काल खटी गई स्थानियहरुको सहयोगमा सम्बन्धित निकायहरुसँग समन्वय गरी तत्काल उक्त पहिरो हटाई राजमार्ग सुचारु गराई उत्कृष्ठ कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा दरबन्दी भई प्रहरी चौकी मुलघाट धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक टंक बहादुर थापालाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८२ साल असोज महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।


