धनकुटाका नयां प्रमुख जिल्ला अधिकारी खड्कालाई स्वागतसंगै सर्वपक्षिय छलफल
धनकुटा । धनकुटा जिल्लामा दुई दिन अघिमात्र सरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का संग आज धनकुटामा सर्वपक्षिय रुपमा भेटघाट गरी उहालाई स्वागत गर्दै छलफल समेत भएको छ ।
सर्वपक्षिय रुपमा गरिएको स्वागत ग्रहण गर्दै धनकुटामा भरखर सरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी बिनेद कुमार खड्काले सवैसंग सहकार्य तथा समन्वय गरेर जिल्लाको शान्ति सुरक्षा कायम गर्ने वताउनु भयो । उहाले धनकुटाको विकास र समृद्धीको लागी समेत समन्वय गर्ने वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई,नेकपा एमाले धनकुटाका अध्यक्ष शिव आग्ला,नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,रास्वपाका जिल्ला सहसचिव भुवन थापा,नेकपा का केन्द्रिय प्रतिनिधि सदस्य नविन सि र जिल्ला सचिव विशाल सि,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापती अमित लो तामाग लगायतका राजनैतिक दलका नेताहरुले सरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्कालाई स्वागत गर्दै जिल्लामा शान्ति सुरक्षा प्रवद्धन गर्न र धनकुटाको विकास समृद्धीको लागी सहकार्य र समन्वय गर्ने वताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका अधिकृत रामजी पौडेलले संचालन गर्नु भएको स्वागत तथा परिचयात्मक र छलफल कार्यक्रममा सहभागी महानुभावहरुले जिल्लाको शान्ति सुरक्षा प्रवद्धनमा लगायत विभिन्न विषयमा समेत प्रमुख जिल्ला अधिकारी खड्कालाई सुझाव दिनु भएको थियो ।


