धनकुटाबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ
धनकुटा , कार्तिक २२ । धनकुटाबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका- ६ का तिलक भुजेल र मौसम राई रहेका छन् ।
ट्रामाडोल ११० क्याप्सुल, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित निजहरुलाई सोहि स्थानबाट नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


